कोरोना भाइरसको संक्रमणका र लकडाउनका कारण कक्षा ११ र १२ को परीक्षा निकै अन्लायौलमा परेको छ। जसका कारण विद्यार्थीहरु समेत निकै अन्योलमा परेका छन् । साथै, राष्ट्रिय परीक्षा बोर्ड पनि परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयलाइ लिएर अन्योलमै देखिएको छ ।
आगामी वैशाख ८ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन हुनेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । साथै, यसअघिनै एसईई परीक्षा स्थगित भइसकेको छ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा ११ र १२ को परीक्षाका बारेमा कुनै नयाँ निर्णय नभएको जानकारी दिएका छन्। सरकारले लकडाउनलाई आगामी वैशाख ३ गतेसम्म लम्ब्याउने भित्री तयारी गरिरहेको पनि जाकारी प्राप्त भएको छ।
“लकडाउन चैत २५ पछि लम्बिएन भने निर्धारित मितिमै परीक्षा सञ्चालन हुनेछ । लकडाउन लम्बिएपछि वैशाख ८ गते परीक्षा सञ्चालन गर्न कठिन हुन्छ, उनले भने। त्यस्तो स्थितिमा परीक्षा सर्ने सम्भावना तिब्र देखिन्छ ।” बोर्डले प्रश्नपत्र छपाइ कार्य सुरु गरेता पनि अझैसम्म जिल्लामा प्रश्नपत्र पठाइसकिएको अवस्था भने छैन । प्रश्नपत्र पठाउनुपर्ने भएकाले लकडाउन लम्बिए परीक्षा सार्नु बाहेक अरु विकल्प देखिदैन।
बोर्डका अध्यक्ष डा. पौडेलले भने, “अवस्था सामान्य भएमा कक्षा ११ को परीक्षा सारि रहनुनपर्ने अवस्था रहन्छ ।” उनले परीक्षा नियमित हुँदा विहान एसईई परीक्षा र अपरान्ह कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सोच बनाइएको बताए।
पूर्व निर्धारित परीक्षा तालिका अनुसार कक्षा १२ को आगामी वैशाख १८ गतेसम्म र कक्षा ११ को वैशाख ३१ गतेसम्म सञ्चालन गर्नेगरी तय गरिएको थियो। तर, लकडाउन थप्ने वा नथप्ने भन्ने कुराले नै परिक्षा कहिले हुने भन्ने निर्धारिक गर्दछ।