• About Us
  • Privacy Policy
  • FAQ
English
Hamro Colleges
No Result
View All Result
No Result
View All Result
Hamro Colleges
No Result
View All Result
Home सुझाव

लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

२० चैत्र २०७६, बिहीबार १५:२७
लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?
196
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ–१६ का कक्षा ६ मा अध्ययनरत प्रविन चापागाईं टिभि र मोबाइल हेरेर लकडाउनको सदुपयोग गर्दै आउनु भएको छ । परीक्षा सकिएको तीन दिनपछि लकडाउन शुरु भएकाले अहिले उनलाई यो समय बिदा जस्तै लाग्छ किनकी उनलाई पढ्ने झन्झट नै छैन ।

उनले भने, “यो समय मेरो लागि मनोरञ्जन गर्ने समय जस्तै लागेको छ ।” आफ्नो पूरा समय ‘युट्युव’ र टेलिभिजनमा आउने मनोरञ्जनात्मक कार्यक्रम हेरेर बित्ने गरेको उनले बताए, तर बाहिर खेल्न जान नपाएकोमा भने उनको गुनासो छ । घरभित्रै बसेर रचनात्मक काम कसरी गर्न सकिन्छ उनलाई थाहा छैन । न त घरायसी काम गराउने चलन उनको परिवारमा छ । प्रविनले आफूखुसी जे गर्नुहुन्छ, परिवारले त्यहीँ अनुसार छाडिदिएका छन् ।

सम्बन्धित खबर

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

२० चैत्र २०७६, बिहीबार १५:२७
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह: आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू (भिडियो)

२० चैत्र २०७६, बिहीबार १५:२७

आमा विद्या चापागाईं भने, “उसले जे गर्छ, त्यही हालतमा छाडिदिनु पर्ने बाध्यता छ ।” बिदाका समय बाहिर घुमाउन लजाने कुनै अवस्था नरहेकाले उनले मोबाइल दिएर छोरालाई भुलाउँदै आउनुभएको छ । उनले भने, “सरकारले लकडाउन नहटाएसम्म दैनिकी यसैगरी बित्नेछ ।” बालबालिका भोलीका राष्ट्रसेवक भएकाले उनीहरुलाई रचनात्मक काममा लगाउनु राज्यको दायित्व भएको विज्ञहरु सुझाउँछन्।

बालबालिकालाई रचनात्मक काममा सहभागी गराउन शिक्षक, विद्यालय, सञ्चारमाध्ययम र सरकार कोही पनि क्रियाशील नदेखिएको शिक्षाविद डा. विद्यानाथ चापागाईंको तर्क छ । बालबालिका भोलीका कर्णधार भएकाले उनीहरुलाई यो समयमा रचनात्मक काममा लगाउनुपर्ने उनको दाबी छ ।

“नेपाली सञ्चार माध्ययमले लकडाउनलाई समस्याका रुपमा मात्र पस्किरहेका छन्, तर यसलाई बालबालिका, युवा, प्रौढ र वृद्धले कसरी सदुपयोग गर्ने भन्ने सामग्री नै प्रस्तुत गर्न सकिरहेका छैनन्” उनले थपे, “सञ्चार माध्ययममा राजनीतिक विषयवस्तु नै धेरै भए, जसमा सरकारको पनि लाचारीपन देखिन्छ ।”

अभिभावक स्वयमले बालबालिकालाई रचनात्मक काममा अग्रसर गराउन कसरी सकिन्छ भन्ने कुरालाई उनले विभिन्न तह निर्धारण गर्नुभएको छ । पहिलो बाबुआमा र हजुरबुवा हजुरआमाको पालामा के अन्तर छ भन्ने घरमै बसेर उनीहरुलाई जानकारी दिने । जस्तै ः खानेकुरा, भेषभुषा, पढ्ने, खेतीपाती गर्ने पद्धती, सामाजिक पद्धती आदिका बारेमा उनीहरुलाई जानकारी दिन सके उनीहरुले भोली के होला भन्ने सोच्न सक्छन् ।

दोस्रो बालबालिकाले टेलिभिजन हेर्छन् । यो कुनै अपराध होइन् । टेलिभिजनमा हेरेका सामग्रीलाई समीक्षा गर्न लगाउने, त्यसलाई लेख्न लगाउने आदि काम गरेमा उनीहरुको दिमाख रचनात्मक बन्न सक्छ ।

तेस्रो बालबालिकालाई अनुसन्धानमा लगाउने । अनुसन्धानका लागि ठूला विषय आवश्यक पर्दैन । जस्तै: टेलिभिजनमा मानिस कसरी बोल्छन् होला ?, रेडियोमा कसरी आवाज आउँछ होला ?, विभिन्न सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइबर आदिमा कसरी सञ्चार हुन्छ भन्ने आदि विषयको जानकारी उनीहरुका लागि अनुसन्धानका विषय हुन् । यसो गर्दा यी कुराका बारेमा जिज्ञासा उनीहरुको दिमाखमा सधैं घुमिरहन्छ र त्यसको सम्भावनाको खोजी उनीहरु गरिरहन्छन् ।

त्यस्तै अभिभावकले घरायसी काममा बालबालिकालाई सहभागी गराउँदा उनीहरुले नयाँ कुरा सिक्ने र पछिसम्म त्यसलाई निरन्तरता दिइरहन सक्छन् । खानाको नयाँ परिकार कसरी बनाउने, पुजापाठ किन गर्ने, सरसफाई किन गर्ने आदि उनीहरुका लागि अनुसन्धानका विषय बन्न सक्छन् । शिक्षकहरुले विद्यार्थीहरुलाई रचनात्मक काममा क्रियाशील गराउन सहरी क्षेत्रमा सामाजिक सञ्जालबाट र ग्रामीण क्षेत्रमा टेलिफोनमार्फत नयाँ जानकारी दिन सकिन्छ ।

Tags: ChildrenInnocationLockdown
Share79Tweet49
Previous Post

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

Next Post

लकडाउन खुले पनि तत्काल विद्यालय खुल्दैन, भदौबाट पठनपाठन शुरू गरे पनि पाठ्यक्रम पूरा हुन सक्छ

Related Posts

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal
NEB

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

२० चैत्र २०७६, बिहीबार १५:२७
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
Video

अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह: आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू (भिडियो)

२० चैत्र २०७६, बिहीबार १५:२७
एनसेलले विद्यार्थीहरुका लागि ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’, त्रिभुवन विश्वविद्यालयसँग गर्यो सहकार्य
ताजा समाचार

एनसेलले विद्यार्थीहरुका लागि ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’, त्रिभुवन विश्वविद्यालयसँग गर्यो सहकार्य

२० चैत्र २०७६, बिहीबार १५:२७
Load More
Next Post
लकडाउन खुले पनि तत्काल विद्यालय खुल्दैन, भदौबाट पठनपाठन शुरू गरे पनि पाठ्यक्रम पूरा हुन सक्छ

लकडाउन खुले पनि तत्काल विद्यालय खुल्दैन, भदौबाट पठनपाठन शुरू गरे पनि पाठ्यक्रम पूरा हुन सक्छ

  • Trending
  • Comments
  • Latest
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

२० चैत्र २०७६, बिहीबार १५:२७
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

२० चैत्र २०७६, बिहीबार १५:२७
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

२० चैत्र २०७६, बिहीबार १५:२७
परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

२० चैत्र २०७६, बिहीबार १५:२७
कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

0
लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

0
एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

0
लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

0
विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

२० चैत्र २०७६, बिहीबार १५:२७
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

२० चैत्र २०७६, बिहीबार १५:२७
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

२० चैत्र २०७६, बिहीबार १५:२७
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

२० चैत्र २०७६, बिहीबार १५:२७
Hamro Colleges

यस 'हाम्रो कलेजेस्' वेबसाइटमा शिक्षासंग सम्बन्धित सम्पूर्ण समाचार, दृश्य र विचार प्राप्त गर्न सक्नुहुनेछ। नेपाली भाषाको यो अनलाइन समाचार पोर्टलले शैक्षिक क्षेत्रको समाचार तपाईसम्म पुर्यााउनका लागि अहोरात्र लागिरहेको छ।

सम्बन्धित खबर

  • NEB
  • Results
  • TU
  • Video
  • अन्तरवार्ता
  • उच्च माध्यमिक (+२)
  • एस.इ.इ
  • छात्रवृत्ति
  • ताजा समाचार
  • वैदेशिक शिक्षा
  • सुझाव
  • सूचना
  • स्नातक शिक्षा

ताजा खबर

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

२० चैत्र २०७६, बिहीबार १५:२७
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

२० चैत्र २०७६, बिहीबार १५:२७
  • हामो बारे
  • फोरम
  • सम्पर्क

© २०२० हाम्रो कलेजेस्

No Result
View All Result
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय

© २०२० हाम्रो कलेजेस्