• About Us
  • Privacy Policy
  • FAQ
English
Hamro Colleges
No Result
View All Result
No Result
View All Result
Hamro Colleges
No Result
View All Result
Home TU

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने

थोरै विद्यार्थी भएका संकायको परीक्षा दशैंअघि हुन सक्ने

१३ भाद्र २०७७, शनिबार १३:३२
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने
346
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने भएको छ। नेपालमा दिन-प्रतिदिन कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन गर्ने सम्भावना नरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिएका छन्‌।

‘नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ,’ उनले भने, ‘तत्काल परीक्षा सञ्चालन गर्ने अवस्था नै छैन, ३५ दिनको समय निकालेर सूचना जारी गर्नुपर्छ। अब त्यो समय हामीसँग नै छैन, कसरी परीक्षा गराउने भन्ने विषयमा निर्णय नै हुन सकेको छैन, त्यसैले दशैं अगाडि परीक्षा गराउने कुनै सम्भावना नै छैन।’

सम्बन्धित खबर

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१३ भाद्र २०७७, शनिबार १३:३२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१३ भाद्र २०७७, शनिबार १३:३२

उनले यो संकटको बेला विद्यार्थीलाई तनावमा नराख्ने बताए। उनले भने, ‘परीक्षा भनेको खेल खेलेजस्तो होइन, यो संवेदनशील विषय हो, क्षणिक निर्णयले हुँदैन, यस्तो समयमा विद्यार्थीलाई प्रेसर दिन मिल्दैन।’ परीक्षाको विषयमा बाहिर गलत सन्देश फैलाएर झनै विद्यार्थीलाई चिन्तित बनाएको भन्दै उनले गुनासो पोखे।

त्रिविले विद्यार्थीहरुलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध गरेको छ। विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग, स्कूल र क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरिएको हो। तर, यो संकटमा यो कदम चाल्नु गलत भएको भन्दै विद्यार्थी संगठनका विद्यार्थी नेताले आपत्ति जनाएका छन ।

थोरै विद्यार्थी भएका संकायको परीक्षा दशैंअघि हुन सक्ने

रजिष्टार दाहालले थोरै विद्यार्थी भएका संकायको भने दशैं अगाडि नै परीक्षा सञ्चालन गर्ने सम्भावना रहेको बताए। अहिले कुन विधिबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा भने छलफल भैरहेको उनले जानकारी दिए।

‘अनलाइनमार्फत, सामाजिक दुरी कायम गरेर वा कसरी हुन्छ, चार वटा स्वरुपबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा छलफल भने चलेको छ,’ उनले भने, ‘थोरै विद्यार्थी भएका कलेज र संकायको परीक्षा भने सामाजिक दुरी कायम गरेर वा भर्चुअलबाट दशैं अगाडि नै हुन सक्छ।’

उनका अनुसार कृषिलगायत थोरै विद्यार्थी भएका संकायको परीक्षा भने दशैं अगाडि नै हुने सम्भावना छ। तर,मानविकी र व्यवस्थापन लगायत धेरै विद्यार्थी भएको संकायको परीक्षा भने दशैं अगाडि सञ्चालन हुने छैन। ‘थोरै विद्यार्थी भएकाहरुको परीक्षा गराउन सकिन्छ,’ उनले भने, ‘धेरै विद्यार्थी भएको संकायमा परीक्षा सञ्चालन गर्न सकिन्न, सम्भव नै छैन।’

त्रिविले विद्यार्थीको खोजीकार्य सुरु गरेको छ। उनले भने, ‘कोरोना त्रासले धेरै विद्यार्थी गाउँमै छन्‌, उनीहरु कुन अवस्था र कहाँ छन्‌ भनी हामीले खोजीकार्य सुरु गरेका छौँ।’ विद्यार्थीहरुको अवस्थाबारे सबै खोजीकार्य गरिसकेपछि थप निर्णय हुने दाहालले बताए। संकट हुँदै गएमा कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय हुने र यी सबै काम यो महिनाभित्र सकिने उनले जानकारी दिए।

त्रिविका रजिष्टार दाहालले फोन र इमेलबाट कलेजमा सम्पर्क गर्नलाई अनुरोध गरेको बताए। उनले भने, ‘कलेज जानुपर्दैन, विद्यार्थीले फोन र इमेलबाट कलेजमा सम्पर्क गर्न सक्छन्‌। उनीहरुकै भलाइका लागि यस्तो अनुरोध गरिएको हो।’

Tags: अनलाइनत्रिभुवन विश्वविद्यालय (त्रिवि)परीक्षा
Share218Tweet53
Previous Post

३ बर्षे बि.ए दोस्रो बर्षको नतिजा सार्वजनिक

Next Post

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

Related Posts

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal
NEB

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१३ भाद्र २०७७, शनिबार १३:३२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
NEB

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१३ भाद्र २०७७, शनिबार १३:३२
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड
ताजा समाचार

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१३ भाद्र २०७७, शनिबार १३:३२
Load More
Next Post
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

  • Trending
  • Comments
  • Latest
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१३ भाद्र २०७७, शनिबार १३:३२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

१३ भाद्र २०७७, शनिबार १३:३२
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

१३ भाद्र २०७७, शनिबार १३:३२
परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

१३ भाद्र २०७७, शनिबार १३:३२
कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

0
लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

0
एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

0
लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

0
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१३ भाद्र २०७७, शनिबार १३:३२
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१३ भाद्र २०७७, शनिबार १३:३२
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१३ भाद्र २०७७, शनिबार १३:३२
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१३ भाद्र २०७७, शनिबार १३:३२
Hamro Colleges

यस 'हाम्रो कलेजेस्' वेबसाइटमा शिक्षासंग सम्बन्धित सम्पूर्ण समाचार, दृश्य र विचार प्राप्त गर्न सक्नुहुनेछ। नेपाली भाषाको यो अनलाइन समाचार पोर्टलले शैक्षिक क्षेत्रको समाचार तपाईसम्म पुर्यााउनका लागि अहोरात्र लागिरहेको छ।

सम्बन्धित खबर

  • NEB
  • Results
  • TU
  • Video
  • अन्तरवार्ता
  • उच्च माध्यमिक (+२)
  • एस.इ.इ
  • छात्रवृत्ति
  • ताजा समाचार
  • वैदेशिक शिक्षा
  • सुझाव
  • सूचना
  • स्नातक शिक्षा

ताजा खबर

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१३ भाद्र २०७७, शनिबार १३:३२
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१३ भाद्र २०७७, शनिबार १३:३२
  • हामो बारे
  • फोरम
  • सम्पर्क

© २०२० हाम्रो कलेजेस्

No Result
View All Result
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय

© २०२० हाम्रो कलेजेस्