• About Us
  • Privacy Policy
  • FAQ
English
Hamro Colleges
No Result
View All Result
No Result
View All Result
Hamro Colleges
No Result
View All Result
Home उच्च माध्यमिक (+२)

बन्दाबन्दी अन्त्य भई अवस्था सामान्य भएमा, दुई सातापछि एसइई परिक्षा हुने तयारी

१४ बैशाख २०७७, आईतवार १६:०९
बन्दाबन्दी अन्त्य भई अवस्था सामान्य भएमा, दुई सातापछि एसइई परिक्षा हुने तयारी
191
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिएका हुन्।

सम्बन्धित खबर

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१४ बैशाख २०७७, आईतवार १६:०९
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१४ बैशाख २०७७, आईतवार १६:०९

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले परीक्षाका विषयमा आज गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गरे।

अब परीक्षा भएमा विद्यालयलाई सामाजिक दुरीसहित बस्ने गरी नजिक नजिक परीक्षा केन्द्र राख्नुपर्ने सुझाव पनि दिइएको छ । मन्त्रालयले कोरोनाको जोखिम कम भएमा अरु पूर्व निर्धारित परीक्षा केन्द्रका उपकेन्द्र निर्धारण गरी परीक्षा गर्ने र जोखिम कायम रहेमा परीक्षा प्रणालीका अन्य विकल्पमा पनि राखिएको दाहालले जानकारी दिए ।

मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ ।

शिक्षाविद् डा मनप्रसाद वाग्लेले भने विद्यार्थीको वार्षिक मूल्याङ्कनका आधारमा पनि ग्रेड निर्धारण गर्न सकिने भन्दै परीक्षा गर्नैपर्ने भएमा सामाजिक दुरी कायम गर्ने वा एकै दिन चार वटा मुख्य विषयको एकै लिएर बाँकी विषयको आन्तरिक मूल्याङ्कन गर्न सकिने सुझाए।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले माथिल्लो कक्षामा प्रवेश परीक्षा पनि लिइने भएकाले कक्षा १० को एसइई परीक्षालाई हाउगुजीका रुपमा कायम राखिराख्न नपर्ने तर्क राखे। उनले स्थानीय तहको समन्वयमा तीन दिनभित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा तीन दिनभित्र प्राप्ताङ्क तयार गर्न सकिने जनाए।

एनसिई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बन्दाबन्दीका कारण विद्यार्थीहरुलाई मनोवैज्ञानिक समस्या परेको हुन सक्ने र तत्कालै परीक्षा सञ्चालन गर्दा थप मार पर्नेतर्फ पनि सोच्न आग्रह गरे।

गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भएपनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझको बैठकले परीक्षा स्थगनको निर्णय गरेको थियो । सो परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो ।

Tags: Board ExamExamLockdownSEE
Share76Tweet48
Previous Post

लकडाउनको घोषणा गरेसँगै अवरुद्ध पठनपाठनलाई वैकल्पिक विधिबाट शुरु गर्न लाग्ने शिक्षण शुल्कमा छुट दिने तयारी

Next Post

सामाजिक सञ्जाल तथा म्यासेञ्जर मार्फत विद्यालय भर्ना गरिने

Related Posts

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा
ताजा समाचार

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१४ बैशाख २०७७, आईतवार १६:०९
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal
NEB

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१४ बैशाख २०७७, आईतवार १६:०९
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड
NEB

१४ बैशाख २०७७, आईतवार १६:०९
Load More
Next Post
सामाजिक सञ्जाल तथा म्यासेञ्जर मार्फत विद्यालय भर्ना गरिने

सामाजिक सञ्जाल तथा म्यासेञ्जर मार्फत विद्यालय भर्ना गरिने

  • Trending
  • Comments
  • Latest
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१४ बैशाख २०७७, आईतवार १६:०९
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

१४ बैशाख २०७७, आईतवार १६:०९
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

१४ बैशाख २०७७, आईतवार १६:०९
परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

१४ बैशाख २०७७, आईतवार १६:०९
कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

0
लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

0
एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

0
लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

0
विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१४ बैशाख २०७७, आईतवार १६:०९
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१४ बैशाख २०७७, आईतवार १६:०९
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१४ बैशाख २०७७, आईतवार १६:०९
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१४ बैशाख २०७७, आईतवार १६:०९
Hamro Colleges

यस 'हाम्रो कलेजेस्' वेबसाइटमा शिक्षासंग सम्बन्धित सम्पूर्ण समाचार, दृश्य र विचार प्राप्त गर्न सक्नुहुनेछ। नेपाली भाषाको यो अनलाइन समाचार पोर्टलले शैक्षिक क्षेत्रको समाचार तपाईसम्म पुर्यााउनका लागि अहोरात्र लागिरहेको छ।

सम्बन्धित खबर

  • NEB
  • Results
  • TU
  • Video
  • अन्तरवार्ता
  • उच्च माध्यमिक (+२)
  • एस.इ.इ
  • छात्रवृत्ति
  • ताजा समाचार
  • वैदेशिक शिक्षा
  • सुझाव
  • सूचना
  • स्नातक शिक्षा

ताजा खबर

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१४ बैशाख २०७७, आईतवार १६:०९
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१४ बैशाख २०७७, आईतवार १६:०९
  • हामो बारे
  • फोरम
  • सम्पर्क

© २०२० हाम्रो कलेजेस्

No Result
View All Result
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय

© २०२० हाम्रो कलेजेस्