• About Us
  • Privacy Policy
  • FAQ
English
Hamro Colleges
No Result
View All Result
No Result
View All Result
Hamro Colleges
No Result
View All Result
Home अन्तरवार्ता

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

१४ जेष्ठ २०७७, बुधबार १९:४१
परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)
365
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – गएको चैत ६ गते हुने भनिएको एसईई परीक्षा कोरोना भाइरसले निम्त्याएको परिस्थितिले स्थगित भएको थियो । परीक्षा स्थगित भएको २ महिना नाघिसक्यो । लकडाउन लम्बिँदै जाँदा परीक्षा नै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ । तर सरकार परीक्षा सम्पन्न गर्न विभिन्न विकल्प बारे सोच्दैछ । कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा विद्यालयको पठनपाठन पनि प्रभावित भइरहेको छ! यसै विषयमा केन्द्रित रहेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग कुराकानी गरेका छौ।

कोरोनाले निम्त्याएको परिस्थितिको कारण एसईई परीक्षाबारे अन्योल बढिरहेको छ । यसबारे सरकारको तयारी के छ ?

सम्बन्धित खबर

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१४ जेष्ठ २०७७, बुधबार १९:४१
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१४ जेष्ठ २०७७, बुधबार १९:४१

एसईई परीक्षा नहुने भन्ने होइन । स्थगित मात्रै भएको हो । विद्यार्थीले परीक्षा दिन आउने वातावरण बनेपछि परीक्षा हुन्छ । तर यसको मोडालिटी परिवर्तन हुन सक्छ । परीक्षा नै नहुने होइन ।

सङ्क्रमण बढेसँगै लकडाउन लम्बिँदै गयो भने के गर्नुहुन्छ ?

पहिलो प्राथमिकता विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा हो । कतिपय ठाउँमा लकडाउन खुकुलो भयो भने त्यहाँ परीक्षा सञ्चालन गर्न सक्छ । स्वास्थ्य विज्ञहरुको सुझाबका आधारमा हामीले कसरी अघि बढ्ने भन्ने तयारी गर्ने हो । अहिलेको अवस्थामा वैकल्पिक विधिहरु प्रयोग गर्नुपर्ने हुन सक्छ ।

परीक्षा हुन सकेन भने विद्यार्थीहरुको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

अनलाइनमार्फत विद्यार्थीहरुको मूल्याङ्कन गर्न सकिन्छ । त्यो पद्धति विज्ञहरुले भनेको आधारमा तयार गरिने छ । भर्ना भएकै दिनमा प्रश्नपत्र दिएर जाँच लिने अभ्यास पनि छन् कतिपय देशमा । परीक्षाको मोडेल परिवर्तन हुन सक्छ । तपाईंले भन्नेजस्तै परीक्षा नै नहुने होइन ।

यस विषयमा मन्त्रालयले केही तयारी गरेको छ ?

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले गर्ने काम भनेकै मन्त्रालयले गर्ने काम हो । बोर्ड अध्यक्षको संयोजकत्वमा कार्यदल बनेको छ । उहाँहरुले विभिन्न विकल्प ल्याउनुभएको छ । विकल्पहरुमाथि छलफल भइरहेको छ । कुन ठिक र कस्तो गर्दा ठिक हुन्छ भन्ने विषयमा निर्णय गर्न कामहरु भइरहेका छन् ।

कस्ता खालका विकल्पहरु आएका छन् र त्यसमाछि कस्तो छलफल भइरहेको छ ?

हामीसँग अहिले ७/८ वटा विकल्पहरु सुझाबका रुपमा आएका छन् । पहिलो विकल्प भनेको विद्यार्थीहरुले डेरा गरेर बस्नु पर्नेगरी परीक्षा केन्द्र तोक्नु हुँदैन । अर्को भनेको अहिलेका परीक्षा केन्द्रहरुमा सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले ती केन्द्रहरुमा यो सम्भावना छैन । अर्को विकल्प, देशभर एकैचोटी परीक्षा नलिएर प्रदेशगत रुपमा लिने । कतिपय देशले आन्तरिक मूल्याङ्कनलाई आधार मानेका छन् । हामी पनि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । धेरै विकल्पहरु आएका छन् । तर परीक्षा नै नगर्ने भन्ने लाइनमा हामी छैनौँ ।

केही समयअघि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नम्बर चढाउनुपर्ने सुझाव प्राथमिकताका साथ आएको थियो । यो विकल्पमा जान सकिन्छ ?

विभिन्न मोडालिटीमध्ये यो पनि एक हो । स्कुललाई नै परीक्षा लिन दिनुपर्छ भन्ने पनि छ । अनिवार्य विषयको मात्रै परीक्षा लिने कुरा पनि आइरहेको छ । भोलि शिक्षाको विषय श्रम बजार र अरु क्षेत्रसँग पनि जोडिन्छ । उच्च शिक्षामा जाने कुराहरु हुन सक्छन् । भोलि कानुनी जटिलता नआओस् भनेर नै हामीले घनीभूत छलफल गरिरहेका छौँ । परीक्षा नै गरिएन भने पछि विद्यार्थीहरुको भविश्यमा समस्या आउँछ कि भन्ने पनि छ । त्यसैले कुनैपनि विकल्प अपनाउँदा आइपर्ने समस्याबारे पनि जानकार हुनुपर्ने भएकोले हामी त्यतातिर पनि व्यस्त भइरहेका छौँ ।

परीक्षा कहिले हुन्छ, हुन्छ कि हुँदैन, पढाइको यात्रा अब कसरी अघि बढ्छ जस्ता जिज्ञासाले विद्यार्थीहरुमा धेरै उकुसमुकुस भइरहेका छन् । उनीहरु ढुक्क भएर बस्ने अवस्था कहिले आउला ?

एसईईभन्दा तलका विद्यार्थीको परीक्षा विद्यालयले लिने हो । उनीहरुको नतिजा प्रकाशन भएर पाठ्यपुस्तक पालिकाहरुमा पठाइसकेका छौँ । पाठ्यपुस्तक सुरक्षित तवरले विद्यार्थीसम्म पुर्याउने जिम्मा सम्बन्धित विद्यालयको हो । दोस्रो कुरा, पाठ्यपुस्तक पाएका छैनन् भने दाइदिदीसँग सापटी मागेर पनि अध्ययन गर्न सकिन्छ । तेस्रो कुरा, हामीले विद्यार्थीका लागि अभ्यासका किताबहरु पनि बनाएका छौँ । त्यो पनि छिट्टै पालिकामार्फत विद्यार्थीको हात पुर्याउँदै छौँ । स्वअध्ययन कसरी गराउने भन्नेबारे पनि अध्ययन भइरहेको छ । रेडियो, टेलिभिजन र अनलाइनमार्फत पनि विद्यार्थीहरुलाई पढाउने काम भइरहेको छ । समुदायमा रहेका शिक्षकहरुले समुदायमै रहेका नजिकका विद्यार्थीहरुलाई सहजीकरण गर्ने भन्ने पनि छ । त्यसकारण मेरो भविश्य अब के हुने होला भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन । हामीले अवस्था सहज बनाउनेतिर लागिपरेका छौँ । केही दिनमै हामी विकल्पबारे भन्छौँ ।

विद्यार्थीहरु मानसिक तनावमा पर्न थालेका छन् । कस्तो मोडालिटी अङ्गाल्ने भन्नेबारे निर्णय गर्न अलि हतार गर्नुपर्ने होइन र ?

चैत ६ गतेदेखि एसईई हुन्छ भनेर मैले नै चैत ४ गते भनेको थिएँ । परीक्षा दिन तयार हुनुस्, हामी हेल्थ डेक्स राखेर भएपनि परीक्षा लिन्छौँ भनेर मैले नै भनेको हुँ । तर परिस्थितिले गर्न सकिएन । परिस्थिति झन् विकराल भइराखेको छ । अहिले नै हामीले तिथि मिति तोक्न सक्ने अवस्थामा छैनौँ ।

यसको मतलब परीक्षाको विषयमा विद्यार्थीहरु अझै केही समय सरकारको निर्णय पर्खेर बस्नुपर्ने हुन्छ ?

एसईई परीक्षाबारे तनाब लिएर बस्नु पर्दैन । अहिलेदेखि नै तनाब लिएर पढ्नु आवश्यक छैन । तर पढिरहेका कुराहरुलाई ‘रिभाइज’ गर्दा राम्रो हुन्छ । विभिन्न माध्यमबाट तयारीका कार्यक्रमहरु ल्याइरहेका छौँ । स्थिति सहज भएपछि पनि विद्यार्थीहरुलाई प्रयाप्त समय दिएर परीक्षा लिन्छौँ । अन्तिम अवस्थामा पनि हाम्रो जोडबल परीक्षा नै लिने हुन्छ । विद्यार्थीमा द्विविधा हुनु स्वभाविक हो । हामी थप गृहकार्यमै छौँ ।

परीक्षा हुन नसकेर आन्तरिक मूल्याङ्कनमा जानुपर्ने भयो भने त्यसको मोडालिटी कस्तो हुन्छ ?

त्यो विकल्पमा जानुपर्ने भयो भने तपाईंले भन्नुभएका पाटाहरुमा छलफल हुन्छ । तर हामीले यो विकल्प नै अन्तिम भनेका छैनौँ । हाम्रो जोडबल अहिले पनि जसरी पनि परीक्षा गराउने नै हो ।

Tags: अन्तरवार्ताएसईईपरीक्षा
Share206Tweet66
Previous Post

‘एसईई दिन नपाएका विद्यार्थीको शैक्षिक वर्ष खेर जादैन’ : प्रधानमन्त्री

Next Post

विद्यालय खोल्ने तयारीमा सरकार, शिक्षामन्त्रीले थाले यस्तो गृहकार्य

Related Posts

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा
ताजा समाचार

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१४ जेष्ठ २०७७, बुधबार १९:४१
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal
NEB

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१४ जेष्ठ २०७७, बुधबार १९:४१
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड
NEB

१४ जेष्ठ २०७७, बुधबार १९:४१
Load More
Next Post
विद्यालय खोल्ने तयारीमा सरकार, शिक्षामन्त्रीले थाले यस्तो गृहकार्य

विद्यालय खोल्ने तयारीमा सरकार, शिक्षामन्त्रीले थाले यस्तो गृहकार्य

  • Trending
  • Comments
  • Latest
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१४ जेष्ठ २०७७, बुधबार १९:४१
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

१४ जेष्ठ २०७७, बुधबार १९:४१
राष्ट्रिय परीक्षा बोर्ड (NEB)

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने तयारी

१४ जेष्ठ २०७७, बुधबार १९:४१
परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पबारे अध्ययन गर्दै (परीक्षा सम्बन्धि अन्तरवार्ता)

१४ जेष्ठ २०७७, बुधबार १९:४१
कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

कोरोना भाइरसको प्रभावका कारण अष्ट्रेलियाबाट नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न माग

0
लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

लकडाउनका कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्रभावित

0
एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

एसईई र कक्षा १२ को परीक्षासँगै हुने, विहान एसईई र अपरान्ह कक्षा १२ को परीक्षा हुने

0
लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

लकडाउनमा बाल-बालिकालाई रचनात्मक काममा कसरी सहभागी गराउने?

0
विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१४ जेष्ठ २०७७, बुधबार १९:४१
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१४ जेष्ठ २०७७, बुधबार १९:४१
कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

१४ जेष्ठ २०७७, बुधबार १९:४१
एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान

शिक्षामन्त्री पोखरेल भन्छन्- शिक्षकहरू तत्काल विद्यालय पुग्नुपर्छ

१४ जेष्ठ २०७७, बुधबार १९:४१
Hamro Colleges

यस 'हाम्रो कलेजेस्' वेबसाइटमा शिक्षासंग सम्बन्धित सम्पूर्ण समाचार, दृश्य र विचार प्राप्त गर्न सक्नुहुनेछ। नेपाली भाषाको यो अनलाइन समाचार पोर्टलले शैक्षिक क्षेत्रको समाचार तपाईसम्म पुर्यााउनका लागि अहोरात्र लागिरहेको छ।

सम्बन्धित खबर

  • NEB
  • Results
  • TU
  • Video
  • अन्तरवार्ता
  • उच्च माध्यमिक (+२)
  • एस.इ.इ
  • छात्रवृत्ति
  • ताजा समाचार
  • वैदेशिक शिक्षा
  • सुझाव
  • सूचना
  • स्नातक शिक्षा

ताजा खबर

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१४ जेष्ठ २०७७, बुधबार १९:४१
How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

How to see NEB Result: National Examination Board (NEB) 2077-2078 Nepal

१४ जेष्ठ २०७७, बुधबार १९:४१
  • हामो बारे
  • फोरम
  • सम्पर्क

© २०२० हाम्रो कलेजेस्

No Result
View All Result
  • ताजा समाचार
  • एस.इ.इ
  • उच्च माध्यमिक (+२)
  • स्नातक शिक्षा
  • सूचना
  • छात्रवृत्ति
  • सुझाव
  • विश्वविद्यालय
    • त्रिभुवन विश्वविद्यालय (त्रिवि)
    • काठमाडौं विश्वविद्यालय (केयु)
    • पोखरा विश्वविद्यालय
    • पूर्वाञ्चल विश्वविद्यालय
    • मध्य पश्चिमाञ्चल विश्वविद्यालय
    • सुदुर पश्चिमाञ्चल विश्वविद्यालय
    • कृषि तथा वन विज्ञान विश्वविद्यालय
    • नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)
    • लुम्बिनी बौद्ध विश्वविद्यालय
    • नेपाल खुला विश्वविद्यालय

© २०२० हाम्रो कलेजेस्